दुवै मृगौला फेल भएका विक लाई अमेरिकाबाट ६ लाख सहयोग

Share:

पोखरा । दुवै मृगौला फेल भएका उत्तम बिकलाई नेपाली समाज अमेरिका न्यु ह्याम्पसायरबाट ६ लाख आर्थिक सहयोग प्राप्त भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर २० मोहोरिया १ घर भइ हाल पोखरा ५ पस्र्याङमा बसोवास गर्दै आएका मृगौला पिडित ४५ वर्षीय उत्तम बिकको उपचारको लागि नेपाली समाज अमेरिका न्यु ह्याम्पसायरका अध्यक्ष सोम गुरुङको पहलमा परोपकारी मन भएका सम्पूर्ण नेपालीको पहलमा ६ लाख २७ हजार ६ सय ८६ रुपैयाँ सहयोग प्राप्त भएको हो ।

उक्त रकम उत्तम विक बचाऔँ समितिका संयोजक खर्कमान गुरुङद्वारा उत्तम विकलाई हस्तान्तरण गरिएको छ । सो अवसरमा बोल्दै समितिका संयोजक खर्कमान गुरुङले आफुहरुले उत्तम बिकको उपचारका लागि समिति स्थापना गरी काम गर्दै आइरहेको र समिति मार्फत उत्तम बिकलाई अमेरिकामा रहेका परोपकारी मन भएका व्यक्तिहरुबाट यति धेरै रकम सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे । त्यस्तै मृगौला पिडित उत्तम बिकले आफु जीवन मरणको दोसाधमा रहेको वेला सहयोगी मनहरुले उपचार सहयोग स्वरुप आर्थिक संकलन भइरहदा बाँच्ने आश पलाएको बताउदै सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गरे ।

उत्तम बिकको उपचारका लागि केही महिना देखि समाजसेवी खर्कमान गुरुङको संयोजकमा उत्तम बिक बचाऔँ समिति खडा गरी काम गर्दै आइरहेको र उनको उपचारका लागि विभिन्न व्यक्तिहरुको सहयोग आउने क्रम जारी रहेको समितिका प्रचार प्रसार संयोजक उत्तम गुरुङले जानकारी दिए । उत्तम बिकको उपचारमा सहयोग गर्नका लागि प्राइम बैंकको खाता नम्बर १४९०००८२ ब्म् मा समेत रकम जम्मा गर्न सकिने गुरुङले बताए ।

कमेन्ट गर्नुहोस्
Share: