युनियन लाइफ इस्योरेन्स न्यूरोडद्वारा मृत्यु दावी रकम हस्तान्तरण

Share:

पोखरा । युनियन लाइफ इस्योरेन्स पोखरा न्यूरोड शाखाले मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । स्थायी ठेगाना हटौँडा घर भई हाल पोखराको ड्यामसाइडमा बस्ने सन्तोष पौडेलको निधन भएकोमा उनकी श्रीमती सोनाम पौडेललाई बिमा रकम हस्तान्तरण गरिएको हो ।

गतवर्ष २५ लाखको बिमा गरेका सन्तोषले पहिलो किस्ता तिरेपनि दोश्रो किस्ता तिर्न ढिलो गरेकाले २५ लाख र एक वर्षको बोनस सहित दिनुपर्नेमा नियमानुसार २४ लाख ३८ हजार ८८ रुपयैयाँको चेक युनियन लाइफ इस्योरेन्स प्रदेश नं. ४ का प्रमुख टुल्क नाथ आचार्य, प्रदेश नं. ३ का प्रमुख हरि प्रसाद ढुङ्गाना र न्युरोड शाखाका प्रमुख जसमान महराले संयुक्त रुपमा सो चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा युनियन लाइफ इन्स्योरेन्सको प्रदेश नं. ४ का प्रमुख टुल्क नाथ आचार्यले बिमाको महत्वको बारेमा जानकारी गराए । उनले बिमा आफ्नो परिवारको आवश्यकताको आधारमा गर्नुपर्नेमा जोड दिए ।

पछिल्लो समय बिमा गराउने क्रम भने बढेको छ तर अझै पनि बिमा कतिको गर्ने भन्ने बारेमा जनचेतना फैल्याउन नसकिएको युनियन लाइफ इन्स्योरेन्स प्रदेश नं. ३ का प्रमुख हरि प्रसाद ढुङ्गानाले बताए । युनियन लाइफ इन्स्योरेन्सको न्युरोड शाखामा आयोजित मृत्यु दावी भुक्तानी कार्यक्रममा उनले बिमा गराउनुमात्रै ठुलो कुरा नभएर बिमितको क्षमता अनुसारको बिमा अभिकर्ताले गराउनुपर्ने बताए ।

कार्यक्रममा युनियन लाइफ इन्स्योरेन्स न्यरोड शाखाका प्रमुख जसमान महराले बिमाको रकम समयमा भुक्तानी गर्नुपर्ने बताए । बिमितहरुले समयमा बिमाको तिर्नुपर्ने रकम समयमा नतिर्दा पछि हुने जोखिम बहन गर्नुपर्ने बेला विभिन्न प्रशासनिक समस्याहरु आउन सक्ने बताए । उनले आफुहरुले बिमा भुक्तानीको लागि निवेदन परेको ७ दिनभित्र विमा दावी भुक्तानी गर्दै आएको बताए ।

कार्यक्रममा अभिकर्ता जानुका पौडेल, युनियन लाइफ इन्स्योरेन्स न्युरोड शाखाका बजार व्यवस्थापन प्रमुख पदमचन्द्र सापकोटा लगायतले बिमाको महत्व र यसको उपयोगिताको बारेमा बोलेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: