काङ्ग्रेस कम्युनिष्टको असफलताले बिदेशी चलखेल निम्त्यायोः कमल थापा

295
0
Share:

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस कम्युनिस्टको असफलताका कारण बिदेशी प्रभाव र चलखेल बढेको बताएका छन् ।

आज काठमाडौँमा पार्टीको भातृ संगठन युवा संगठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुकको राष्ट्रियता र स्वाभिमान बलियो बनाउनको निमित्त राष्ट्रबादी आन्दोलनको आवश्यकतामा भएको बिचार व्यक्त गरे।

राजसंस्था हटाएपछी प्रजातन्त्र बलियो हुन्छ भन्ने सोचाई गलत भएको पुष्टि भएको भन्दै थापाले राजसंस्था र हिन्दूत्व समृद्धिको बाधक नभएको स्पष्ट पारे। राजसंस्थाको अन्त्य गरेपछि प्रजातन्त्रको निमित्त कहिल्यै लढ्नुपर्दैन भन्नेहरुनै आज प्रजातन्त्र संकटमा पर्यो, प्रजातन्त्रको हत्या भयो भन्दै सडकमा आएकोप्रती थापाको कडा कटाक्ष थियो।

युवाहरुको सुनिश्चित भबिश्यको निमित्त नयाँ पुस्ता जुर्मुराएर आन्दोलित हुनुपर्ने थापाको धारणा थियो। कार्यक्रममा बोल्दै अर्का अध्यक्ष पशुपतिशमशेर राणाले मुलुकको संकट समाधानका निमित्त राजसंस्था र हिन्दुराष्ट्र अपरिहार्य भयको बताए।

बेरोजगारी, भ्रष्टाचार र बिकृतिको अन्त्यको निमित्त नयाँ पुस्ताले राप्रपालाई रोज्नुपर्नेमा राणाको जोड थियो। उनले राष्ट्रियता बलियो बनाउन र प्रजातान्त्रिक मूल्य मान्यता जोगाउनको निमित्त युवा पुस्ताले खबरदारी गर्नुपर्ने बताए ।

कार्यक्रममा युवा संगठनका केन्द्रिय अध्यक्ष प्रकाश रिमाल, राप्रपाका युवा नेता राजाराम बर्तौला,पार्टी काठमाडौँ अध्यक्ष नबराज सिम्खडा, युवा संगठनका नेताहरु गुणराज राजभण्डारी, हिक्मतजङ्ग कार्की, रिद्धीप्रताप जङ्ग राणा लगायतले बोलेका थिए।

सो कार्यक्रममा दुई सय ५५ युवाहरु पार्टीमा प्रवेश गरेको संगठनका उपाध्यक्ष कैलाश कटवालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: