भारतमा थप १७ हजार ३४६ जनामा कोरोना संक्रमण

Share:

पोखरा । छिमेकी देश भारतमा थप १७ हजार ३४६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड १० लाख ९६ हजार ४४० पुगेको वल्र्डोमिटर्सले जनाएको छ ।

तीमध्ये १ करोड ७ लाख ७३ हजार २७५ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप १२ हजार १३६ जना निको भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ११७ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५७ हजार ८७ पुगेको छ ।

हाल भारतमा १ लाख ६६ हजार ७८ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: