प्रथम एशियाली खेलकुद (नयाँदिल्ली) का प्रथम खेलाडी जोशीको मुर्ति तथा जीवनी पुस्तकको कार्य प्रारम्भ

539
0
Share:

पोखरा । सन् १९५१ प्रथम एशियाली खेलकुद (नयाँदिल्ली) का प्रथम खेलाडी स्व. श्री गजराज जोशीको आज ११औं स्मृति दिवसको विशेष अवसरमा नेपाल ओलम्पिक संग्रहालयले अद्र्धकद मुर्ति निर्माण, जीवनी पुस्तक लेखन/प्रकाशन, विशेष दिर्घा स्थापना र डिजिटल आर्काइभमा सुचिकृत गर्ने भएको छ ।

यस कार्यहरुका लागि संग्रहालयका सल्लाहकार, राखेप र एनओसीका पूर्व कोषाध्यक्ष तथा स्पोर्ट्स फर अल कमिशन (एनओसी) का अध्यक्ष विष्णुगोपाल श्रेष्ठको रोहवरमा संग्रहालयका संस्थापक÷अध्यक्ष क्षितिज अरुण श्रेष्ठ र स्व. जोशीका सुपुत्र मनिष जोशीबीच सहमति पत्रमा हस्ताक्षर भयो ।

स्व. गजराज जोशी वि.स. १९७९ गाइजात्राका दिन जन्म र २०६६ फागुन १६ गते निधन भएको थियो । उनले आफनो जीवनकालमा खेलकुद, शिक्षा, राजनैतिक र सामाजिक क्षेत्रमा निकै योगदान दिएका थिए ।

संग्रहालयमा स्व. जोशी मुर्ति र विशेष दिर्घा कक्ष आउँदो २०७८ साल असार ९ गते ओलम्पिक डे का दिन अनावरण तथा जीवनी पुस्तक बिमोचन गरिने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: