
पोखरा । छिमेकी देश भारतमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या १ करोड ११ लाख नाघेको छ ।
गत २४ घण्टामा थप १५ हजार ६१६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ११ लाख १२ हजार ५६ पुगेको वल्र्डोमिटर्सले जनाएको छ ।
तीमध्ये १ करोड ७ लाख ८४ हजार ५६८ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ११ हजार २९३ जना निको भएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १०८ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५७ हजार १९५ पुगेको छ ।
हाल भारतमा १ लाख ७० हजार २९३ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
कमेन्ट गर्नुहोस्
