
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।
सचिवालयको निर्णय अनुसार पार्टी कार्यालय पेरिसडाँडामा आज दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएकोले उनीमाथि अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।
यसैबिच, आजको केन्द्रीय कमिटी बैठकअघि प्रचण्ड–नेपाल समूहले स्थायी कमिटी बैठक पनि बोलाएको छ । स्थायी कमिटी बैठक बिहान ११ बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
कमेन्ट गर्नुहोस्
