सिद्धार्थ क्लबको रक्तदानमा ९४ यूनिट संकलन

Share:

पोखरा । सिद्धार्थ क्लब पोखराका आयोजना रक्त संचार केन्द्र, पोखराको प्राविधिक सहयोग तथा बगालेटोल सामुदायिक विकास केन्द, सिद्धार्थ टोल विकास संस्था, सम्झौता नारी जागृती समुह र ट्रेडमल दिदीबहिनी समूहको सहआयोजनामा पोखरा–४ मानवअधिकार चोकमा ९४ यूनिट रक्त संकलन गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश, प्रदेश सभा सदस्य प्रभा कोईरालाले प्रथम रक्तदाता डा. आशिष श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरी शुभारम्भ गरेकी थिइन् ।

कार्यक्रममा कोइरालाले सिद्धार्थ क्लबका सामाजिक कार्यक्रमहरुको प्रशंशा गर्दै आफु पनि विगतमा सक्रिय रक्तदाता रहेको जानकारी गराउँदै रक्तदान कार्यक्रमले समाजमा आवश्यक रगत परिपूर्ति गर्न सहयोग गर्ने विश्वास व्यक्त सहित कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरिन्।

समाजमा रगतको आवश्यक भएका बेला रगत अभावकै कारणले हुन सक्ने मानवीय क्षतीलाई न्यूनिकरण गर्ने उद्येश्य राखी क्लबले स्थापना काल देखीनै नियमित तथा आकस्मिक रक्तदान कार्यक्रम गर्नै गरेको जानकारी गराउदै सभाध्यक्ष पार्वती माकाजूले सहयोगी संस्था, शुभचिन्तक एवं रक्तदान गर्ने सम्पूर्ण दाताहरुलाई धन्यवाद ज्ञापन गरिन् ।

कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक प्रमोद नारायण श्रेष्ठले राखेका थिए भने कार्यक्रम सञ्चालन संयुक्त रुपमा सचिव ईन्दिरा मर्सानी श्रेष्ठ र पूर्व अध्यक्ष रवि मर्सानीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: