विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २५ लाख ८१ हजार नाघ्यो

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमणले मृत्यु हुनेको संख्या २५ लाख ८१ हजार नाघेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा १० हजार १३१ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २५ लाख ८१ हजार ६४७ पुगेको हो ।

हाल विश्वभर संक्रमितको कुल संख्या ११ करोड ६२ लाख १३ हजार १३५ पुगेको छ । गत २४ घण्टामा पनि ४ लाख ५२ हजार १९२ संक्रमित थपिएका हुन् ।

ती मध्ये ९ करोड १८ लाख ८८ हजार ५६० जना भने संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ४ लाख ६ हजार ८१५ जना निको भएका हुन् ।

हाल विश्वभर २ करोड १७ लाख ४२ हजार ९२८ सक्रिय संक्रमित छन् । ती मध्ये ८९ हजार ७५४ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ९५ लाख २६ हजार ४२३ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ९३ हजार ९०४ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ३३ हजार ७६९ पुगेको छ ।

हाल अमेरिकामा ८८ लाख ९८ हजार ७५० सक्रिय संक्रमित छन् । ती मध्ये १३ हजार ९३४ गम्भिर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: