
काठमाडौँ। गुजरातको स्वर्णिम स्टार्टअप एन्ड इनोभेसन विश्वविद्यालयको सूचना केन्द्र काठमाडौँको न्युरोडमा आज उद्घाटन गरिएको छ।
आज एक कार्यक्रमका बीच विश्वविद्यालयका उपाध्यक्ष आदिकुमार ऋषभकुमार जैनले गरेका थिए।
उक्त विश्वविद्यालय भारतको उत्कृष्ट ५० विश्वविद्यालयमा पर्छ भने गुजरातको एआरआईआईए–२०२० मा उत्कृष्ट चार निजी विश्वविद्यालयमा गनिन्छ। सो विश्वविद्यालयले उद्यमशीलता शिक्षामा सर्वोत्कृष्ट विश्वविद्यालयको उपाधि जितेको छ।
यस सूचना केन्द्रमार्फत् उक्त विश्वविद्यालय बारे नियमित रूपमा जानकारी लिन सकिने बताइएको छ।
इस्पट इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी सन् २०१६ देखि शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त शैक्षिक परामर्श सेवा प्रदायक केन्द्र हो।तर यस कन्सल्टेन्सीले २३ वर्षदेखि अन्तर्राष्ट्रिय शिक्षा, भिसा र प्रवासको सेवा दिइरहेको छ।

