जिल्ला बचत तथा ऋण सहकारी संघ स्याङ्जाको अध्यक्षमा श्रेष्ठ

Share:

स्याङ्जा । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड स्याङ्जाको आठौं वार्षिक साधारणसभाबाट रविन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन भएको छ ।

समितिको उपाध्यक्षमा यज्ञप्रसाद पाठक, सचिवमा अच्यूत प्रसाद पोखरेल, कोषाध्यक्षमा लेख बहादुर केसी सर्वसम्मत चयन भएका हुन् ।

समितिका सदस्यहरुमा यादवराज शर्मा, अमृत नेपाली थापा, तारा केसी अर्याल, अर्जुन सुवेदी र नारायणसिंह थापा चयन भएका छन् ।

लेखा समितिको संयोजकमा मुक्तिराम पाण्डे तथा सदस्यहरुमा नवराज शर्मा र कृष्ण डुम्रे सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक अनन्त कुमार श्रेष्ठले जानकारी दिए ।

नवनिर्वाचित सञ्चालक र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुलाई जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेलले शुक्रवार सपथ ग्रहण गराएका थिए ।

संघको आठौं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रम फागुन १८ गते सम्पन्न भएको थियो । साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: