विश्वभर कोरोना संक्रमितको संख्या ११ करोड ७० लाख नाघ्यो

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ११ करोड ७० लाख नाघेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि ४ लाख ५ हजार ५०९ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या ११ करोड ७० लाख ६८ हजार २५३ पुगेको छ ।

ती मध्ये ९ करोड २६ लाख ४५ हजार २४७ जना भने संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ३ लाख ५९ हजार ३४३ जना निको भएका हुन् ।

यस्तै, गत २४ घण्टामा ७ हजार ६८५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २५ लाख ९९ हजार १८५ पुगेको हो ।

हाल विश्वभर २ करोड १८ लाख २३ हजार ८२१ सक्रिय संक्रमित छन् । ती मध्ये ८९ हजार ३१२ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ९६ लाख ५३ हजार ८९१ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड २ लाख ७३ हजार ९१५ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ३७ हजार ११९ पुगेको छ ।

हाल अमेरिकामा ८८ लाख ४२ हजार ८५७ सक्रिय संक्रमित छन् । ती मध्ये १३ हजार ४०५ गम्भिर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: