
काठमाडौँ । प्रतिनिधिसभाको सातौं अधिवेशन आज (आइतबार)देखि शुुरु हुुँदैछ । संसद बैठक अपराह्न चार बजे बस्ने छ ।
गएको पुस ५ गते विघटनको घोषणा भएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले गएको ११ गते पुनःस्थापना गरिदिएको थियो । संसद पुनःस्थापना भएको १३ दिनभित्र बैठक बोलाउन सर्वोच्चले आदेश दिएको थियो । सोहीअनुसार पुनःस्थापित संसदको हिउँदे अधिवेशन सुरु हुन लागेको हो ।
आजको बैठकमा ८ वटा सम्भावित कार्यसूची प्रस्ताव गरिएको छ । यसअघि नै प्रतिनिधिसभाका ३८ र राष्ट्रियसभाका २५ विद्येयक अड्किएर बसेको छ । तर विधेयकहरुमाथि छलफलमा भन्दा सत्ता गठबन्धनको मुद्दाले बैठकमा प्राथमिकता पाउने देखिएको छ ।
कमेन्ट गर्नुहोस्
