विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ लाख नाघ्यो

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २६ लाख नाघेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा ५ हजार ७३४ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २६ लाख ५ हजार ९ पुगेको हो ।

यस्तै, गत २४ घण्टामा पनि ३ लाख ७१ हजार ८१२ संक्रमित थपिए छन् । योसँगै विश्वभर संक्रमितको कुल संख्या ११ करोड ७४ लाख ४० हजार ६८१ पुगेको छ ।

ती मध्ये ९ करोड २९ लाख ४८ हजार ५९८ जना भने संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप २ लाख ९८ हजार २९६ जना निको भएका हुन् ।

हाल विश्वभर २ करोड १८ लाख ८७ हजार ७४ सक्रिय संक्रमित छन् । ती मध्ये ८९ हजार ४९१ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ९६ लाख ९६ हजार २५० पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ३ लाख ३६ हजार ६५६ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ३७ हजार ८३८ पुगेको छ ।

हाल अमेरिकामा ८८ लाख २१ हजार ७५६ सक्रिय संक्रमित छन् । ती मध्ये १३ हजार १११ गम्भिर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: