संघीय शिक्षा ऐन ल्याउने तयारी

Share:

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी थालेको बताएका छन् । वि. सं. २०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय समेट्न नसकेको उल्लेख गर्दै सबै विषय समेट्नेगरी संघीय शिक्षा ऐनको तयारी भैरहेको बताए ।

उहाले जनताका छोराछोरीलाई सरकारी विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न गुणस्तरीय शिक्षा आवश्यक रहेको उल्लेख गर्दै त्यसको लागि सरकारी विद्यालयको सुधार आवश्यक रहेको बताए ।

चन्द्रागिरी नगरपालिका–१५ नैकापमा निर्माण हुन लागेको विष्णुदेवी माविको मन्त्री श्रेष्ठ र भारतीय दुतावासका काउन्सीलर प्रफुल्लचन्द्र शर्माले संयुक्त रुपमा गरेका थिए । सो क्रममा मन्त्री श्रेष्ठले सरकारको पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा नै भएको स्पष्ट पारे ।

२०७२ सालको भुकम्बाट ध्वस्त र क्षतिग्रस्त विद्यालय पुन निर्माणमा भारत सरकारको सहयोग महत्वपुर्ण रहेको चर्चा गर्दै भने– यसले गर्दा दुई देशबीचको सम्बन्ध मजबुत भएको छ ।

उनले भने– भारताले करिब ७० विद्यालय पुननिर्माण गरीरहेका छन् २८ आंगिक क्याम्पस बनाउने तयारी गरेको छ यस्को लागि नेपाल सरकारको तर्फबाट आभार व्यक्त गर्दछु ।

सो अवसरमा उनले शिक्षकको पद र पेशालाई सम्मान गर्ने दायीत्व सरकारको भएको बताए । उनले अभिभावकले विदेशमा सरकारी विद्यालयलाई पहिलो प्राथमिकता दिने गरेको उल्लेख गर्दै अब नेपालमा पनि सरकारी विद्यालयलाई व्यवस्थित बनाउनुपर्ने उल्लेख गरे।

कार्यक्रममा बोल्दै काउन्सीलर शर्माले नेपालको विद्यालय पुननिर्माणमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै यस क्षेत्रमा निरन्तर सहयोग रहने बचनबद्धता व्यक्त गरे ।

उहाले भन्नुभयो–नेपाल र भारत बीचको सम्बन्धलाई थप मजबुत बनाउन यस किसिमको सहयोग निरन्तर रहनेछ । उनले भारतले विद्यालय पुननिर्माण बाहेक सम्पदा पुनः निर्माणमा समेत सहयोग गरेको चर्चा गरे।

कार्यक्रममा ९ नम्बर प्रदेश सांसद केशव पोखरेल, वडा अध्यक्ष उत्तम राउत, विद्यालयका प्रधान अध्यापक दीवाकर चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर सुवेदी लगायतले बोलेका थिए ।

भारत सरकारको करिब साढे ६ करोड ४८ लाख रुपैयाँ लागतमा निर्माण शुरु हुने सो विद्यालय भवन ३२ कोठे हुनेछ ।

ठेकेदार कम्पनीले १५ महिनामा सम्पन्न गर्नुपर्नेछ । मन्त्री श्रेष्ठले १५ नभै १३ महिनामा सम्पन्न गरी हस्तान्तरण गर्न ठेकेदार कम्पनीलाई आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: