
पोखरा । भारतमा थप १६ हजार ८४६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड १२ लाख ६१ हजार ४७० पुगेको छ ।
तीमध्ये १ करोड ९ लाख १७ हजार ६२४ जना कोरोना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि भारतमा थप २० हजार १३८ जना निको भएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ११३ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५८ हजार ७९ पुगेको छ ।
हाल भारतमा १ लाख ८५ हजार ७६७ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
कमेन्ट गर्नुहोस्
