
पोखरा । छिमेकी देश भारतमा थप २२ हजार ८४१ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड १२ लाख ८४ हजार ३११ पुगेको छ ।
तीमध्ये १ करोड ९ लाख ३५ हजार ८०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि भारतमा थप १८ हजार १७९ जना निको भएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १३४ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५८ हजार २१३ पुगेको छ ।
हाल भारतमा १ लाख ९० हजार २९५ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
कमेन्ट गर्नुहोस्
