रामबजार जेष्ठ नागरिक मिलन केन्द्रद्वारा सम्मान र श्रद्धाञ्जली

Share:

पोखरा । पोखरा १० रामबजारस्थित रामबजार जेष्ठ नागरिक मिलन केन्द्रले बिहीबार विभिन्न व्यक्तित्वलाई बधाईका साथै सम्मान र कोरोनाको महामारीको अवधिमा स्वर्गारोहण भएका जेष्ठ नागरिक मिलन केन्द्रका आजीवन सदस्यहरुको श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ।

रामबजार जेष्ठ नागरिक मिलन केन्द्रमा आयोजित कार्यक्रममा केन्द्रका शुभचिन्तक हुमबहादुर गुरुङ तमु धिं नेपालको अध्यक्षमा चयन, केन्द्रकी आजीवन सदस्य रामबजार क्षेत्रकै पवित्र गुरुङ र भरत केसी पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा सदस्य पदमा निर्वाचित भएकोमा बधाई, केन्द्रका जेष्ठ नागरिकहरुलाई साप्ताहिक खाजा प्रदान गर्दै आएका समाजले विश्व तण्डुकार लगायत सहयोगीहरुलाई सम्मान र गत चैत्र महिनादेखि कोभिडको महामारी शुरु भए पश्चात केन्द्रको १० दिवंगतहरुको स्मृतिमा श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि केन्द्रका सबैभन्दा जेष्ठ ९९ वर्षीय गौप्रसाद गुरुङ र ९१ वर्षीया लालश्री गुरुङलाई सम्मान गरेका थिए ।

केन्द्रका अध्यक्ष क्या.थमनसिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, पोखरा उद्योग बाणिज्य संघका सदस्यहरु पवित्र गुरुङ र भरत केसी, वडा नं.१०का वडा सदस्य सम्मरबहादुर श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए भने सचिव ज्ञानबहादुर थापा र सहसचिव लेखमाया पुनले कार्यक्रम सञ्चालन गरेका थिए ।

२०७४ सालमा स्थापित भई २५० भन्दा बढी जेष्ठ नागरिक मिलन केन्द्रका लागि विभिन्न सहयोगीहरुले सहयोग हस्तान्तरण गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: