
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ११ करोड ९५ लाख नाघेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि ४ लाख ८८ हजार ४१४ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या ११ करोड ९५ लाख ९७ हजार २०९ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा ९ हजार ३६१ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २६ लाख ५० हजार ८९९ हजार पुगेको छ ।
हालसम्म विश्वमा ९ करोड ६२ लाख ४५ हजार ८२७ जना भने संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ३ लाख ८० हजार ४३९ जना निको भएका हुन् ।
हाल विश्वभर २ करोड ७ लाख ४८३ सक्रिय संक्रमित छन् । ती मध्ये ८९ हजार ३६२ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ९९ लाख ९३ हजार ४२३ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड २० लाख ३१ हजार २२० जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ४५ हजार ५४४ पुगेको छ ।
हाल अमेरिकामा ७४ लाख १६ हजार ६५९ सक्रिय संक्रमित छन् । ती मध्ये ११ हजार ६७० गम्भिर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।
