नारायणगढ–मुग्लिन सडक आजदेखि नियमित सञ्चालनमा

373
0
Share:

पोखरा । नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि नियमित सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहिरो रोकथामका लागि यही फागुन २३ गतेदेखि बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरिएको सडक आज दिउँसोदेखि नियमित सञ्चालनमा आएको हो।

पहिरो रोक्नका लागि एक साता सो स्थानमा दुइतर्फी सवारी आवागमन रोकी काम भएको थियो। आज दिउँसो ३ बजेसम्म पहिरो रोक्ने काम सम्पन्न गरेर नियमितरूपमा आवागमन सुरू गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर सविना रानाभाटले जानकारी दिइन्।

गत साल पहिरो रोकथामका लागि भएको ठेक्कामध्ये आठ ठाउँको सम्पन्न भएकामा बाँकी रहेको चार किलोको यस वर्ष सम्पन्न गरिएको हो।

रु १४ करोडमा पहिरो रोकथामका लागि ठेक्का गरिएको उनले जानकारी दिइन्।

कमेन्ट गर्नुहोस्
Share: