यस्तो छ आजको मौसम पूर्वानुमान!

Share:

पोखरा । देशको पहाडी भू–भागहरुमा आइतबारको मौसममा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ।

अहिले बिहान देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

आइतबार दिउँसो देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागका एक–दुइ स्थानमा मेघ गर्जन÷चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भहागहरुको मौसम सामान्यतया सफा रहने छ ।

गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागका एक–दुइ स्थानमा मेघ गर्जन÷चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: