
पोखरा । देशभर गत २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७५ हजार २३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ९६ हजार ६०० जना महिला र १ लाख ७८ हजार ६३१ पुरुषमा कोरोना संक्रमण भएको हो ।
हालसम्म नेपालमा २ लाख ७१ हजार ३२६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ७७ जना संक्रमणमुक्त भएका हुन् ।
हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ३ हजार १४ जनाले भने ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा भने कोरोनाले कसैको पनि ज्यान गएको छैन ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८९१ रहेको छ । क्वारेन्टीनमा ४७ जना छन् ।
गत २४ घण्टामा देशभरका प्रयोगशालमा २ हजार ६१५ परिक्षण भएको छ भने हालसम्म २२ लाख १५ हजार ४११ परिक्षण भएको छ।
