बदली र वर्षाको सम्भावना कहाँ–कहाँ?

Share:

पोखरा । देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरुको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले पहाडी क्षेत्रको मौसम प्रभावित भएको हो ।

अहिले बिहान देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

सोमबार दिउँसो देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने छ।

देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने छ।

कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी भू–भागको एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: