
पोखरा । देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भइ अन्य क्षेत्रको मौसम बिहीबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी क्षेत्रको मौसम प्रभावित हुने देखिएको हो ।
अहिले बिहान पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका क्षेत्रमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राति देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा आंशिक बदली रहनेछ ।
पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
