सुनचाँदीको मुल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

Share:

पोखरा । नेपाली बजारमा सुनचाँदीको मुल्य आज बिहीबार बढेको छ ।

सुनको मुल्य आज तोलामा तीन सय रुपैयाँले बढेको छ । आज छापावाला सुन ८७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलामा ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ७५० रुपैयाँ रहेको छ ।

यस्तै, चाँदी आज तोलामा २० रुपैयाँले बढेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: