
पोखरा । देशभरको मौसम आज शुक्रबार आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकोले देशभरको मौसम प्रभावित भएको हो ।
अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।
शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू–भागको थोरै स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राति पनि देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
कमेन्ट गर्नुहोस्
