
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको कुल संख्या १२ करोड २३ लाख ५७ हजार ४७४ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ५ लाख ४५ हजार ४५९ संक्रमित थपिएका हुन् ।
यस्तै, गत २४ घण्टामा १० हजार ४६५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २७ लाख २ हजार ४५५ पुगेको छ ।
हालसम्म विश्वमा ९ करोड ८६ लाख ५० हजार ५५४ जना भने संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ४ लाख ५० हजार ३३८ जना निको भएका हुन् ।
विश्वभर २ करोड १० लाख ४ हजार ४६५ सक्रिय संक्रमित छन् । ती मध्ये ८९ हजार १४० गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड ३ लाख ५८ हजार ८८० पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड २५ लाख २३ हजार ७९९ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ५२ हजार ४७० पुगेको छ ।
हाल अमेरिकामा ७२ लाख ८२ हजार ६११ सक्रिय संक्रमित छन् । ती मध्ये ९ हजार २०८ गम्भिर बिरामी रहेका छन् ।
अमेरिका पछि दोस्रो धेरै कोरोना फैलिएको मुलुक ब्राजिलमा संक्रमितको संख्या १ करोड १७ लाख ८७ हजार ६०० पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ब्राजिलमा १ करोड ३ लाख ३९ हजार ४३२ जना निको भएका छन् भने २ लाख ८७ हजार ७९५ जनाको मृत्यु भएको छ ।
हाल ब्राजिलमा ११ लाख ६० हजार ३७३ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जना गम्भीर बिरामी रहेका छन् ।
त्यस्तै, तेस्रो धेरै कोरोना फैलिएको मुलुक भारतमा संक्रमितको संख्या १ करोड १५ लाख १३ हजार ९४५ पुगेको छ ।
संक्रमितमध्ये भारतमा १ करोड १० लाख ८१ हजार ५०८ जना निको भएका छन् भने १ लाख ५९ हजार ४०५ जनाको मृत्यु भएको छ ।
हाल भारतमा २ लाख ७३ हजार ३२ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
