
पोखरा । देशभर गत २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७५ हजार ७५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ९६ हजार ८०५ जना महिला र १ लाख ७८ हजार ९४५ पुरुषमा कोरोना संक्रमण भएको हो ।
हालसम्म नेपालमा २ लाख ७१ हजार ७३३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १२३ जना संक्रमणमुक्त भएका हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार १६ पुगेको छ ।
हाल नेपालमा एक हजार एक जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ५१ जना छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार १६१ परिक्षण भएको छ भने हालसम्म २२ लाख ३० हजार ७०८ परिक्षण भएको छ।
