देशभर बदली र वर्षाको सम्भावना

Share:

पोखरा । देशभरको मौसम आज शनिबार पनि आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकोले देशभरको मौसम प्रभावित भएको हो ।

अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।

शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा साथै प्रदेश नं २ का एक/दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति प्रदेश नं १ को पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही देशको बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १ को पहाडी भू–भागको एक वा दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: