
बाग्लुङ। बाग्लुङमा ट्याक्टर दुर्घटना हुँदा चालक सहित तीन जना घाइते भएका छन् ।
आइतबार बिहान ०९ः२० बजे बरेङ गाउँपालिका–४ सल्यान सल्लेरीमा ध १ त ४८२ नं को ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।
दुर्घटनामा परी ट्याक्टर चालक खोटाङ हलेसी ट्वाक्सिङ नगरपालिका–५ का १८ वर्षीय केबल महरा, दैलेख नारायण नगरपालिका–६ गणेशचोक निवासी ४४ वर्षीय हस्त बहादुर मगर र सोही स्थान निवासी ३८ वर्षीया मनिषा मगर घाइते भएका हुन् ।
घाइतेलाई उपचारका लागि गुल्मीको शान्तिपुर पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार थाप्लुङ–सल्यान मोटरबाटो निर्माणको लागि जाली लिई गुल्मीको शान्तिपुरबाट सल्यानतर्फ आउँदै गरेको उक्त ट्याक्टर अनियन्त्रित भई सडकको घुम्तिबाट ५० मिटर तल खसेको हो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
