विश्वभर १२ करोड ३८ लाख बढीमा कोरोना संक्रमण

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको कुल संख्या १२ करोड ३८ लाख ५१ हजार ६३ पुगेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ४ लाख २१ हजार ३२४ संक्रमित थपिएका हुन् ।

यस्तै, गत २४ घण्टामा ५ हजार ९२७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २७ लाख २७ हजार ४२८ पुगेको छ ।

हालसम्म विश्वमा ९ करोड ९७ लाख ७८ हजार ३१ जना भने संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ३ लाख ४६ हजार ४९० जना निको भएका हुन् ।

विश्वभर २ करोड १३ लाख ४५ हजार ६०४ सक्रिय संक्रमित छन् । ती मध्ये ९० हजार १८९ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड ५ लाख २१ हजार ७६५ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड २७ लाख ५४ हजार २५२ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ५५ हजार ३१४ पुगेको छ ।

हाल अमेरिकामा ७२ लाख १२ हजार १९९ सक्रिय संक्रमित छन् । ती मध्ये ८ हजार ६४० गम्भिर बिरामी रहेका छन् ।

अमेरिका पछि दोस्रो धेरै कोरोना फैलिएको मुलुक ब्राजिलमा संक्रमितको संख्या १ करोड १९ लाख ९८ हजार २३३ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ब्राजिलमा १ करोड ४ लाख ४९ हजार ९३३ जना निको भएका छन् भने २ लाख ९४ हजार ११५ जनाको मृत्यु भएको छ ।

हाल ब्राजिलमा १२ लाख ५४ हजार १८५ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जना गम्भीर बिरामी रहेका छन् ।

त्यस्तै, तेस्रो धेरै कोरोना फैलिएको मुलुक भारतमा संक्रमितको संख्या १ करोड १६ लाख ४५ हजार ७१९ पुगेको छ ।

संक्रमितमध्ये भारतमा १ करोड ११ लाख ४९ हजार ३२४ जना निको भएका छन् भने १ लाख ६० हजार ३ जनाको मृत्यु भएको छ ।

हाल भारतमा ३ लाख ३६ हजार ३९२ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: