फलेबास भगराका ४० श्रमिकलाई पेन्सन पट्टा वितरण

Share:

पर्वत। फलेबास नगरपालिकाले फलेबास नगरपालिका वडा नं ९ भगराका निम्न वर्गका ४० जना श्रमिकलाई पेन्सन परिचय पत्र वितरण गरेको छ।

फलेबास नगरपालिकाले नेपालकै पहिलो समाजवादी कार्यक्रम भगराबाट आईतवार सुरु गरेको हो। श्रमिकहरुलाई नगरपालिका प्रमुख पदपाणी शर्माले पेन्सन परिचय पत्र वितरण गरेको हो।

नागरिककोष संगको सहकार्यमा श्रम गरी दैनिक ज्यालादारीबाट जीवनोपार्जन गर्दै आएका श्रमिकले मासिक ५ सय जम्मा गर्ने र नगरपालिकाले ५ सय थप गरी ६० वर्ष पश्चात पेन्सन पाउने गरी परिचय पत्र वितरण गरेको हो।

कार्यक्रममा फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले विगतमा सिकेका ज्ञान लाई निम्न वर्गलाई प्राथमिकतामा राखेर विकास गर्न जोड दिइरहेको बताए । भगरालाई सहकारीको गाउँ, कृषि, उत्पादन पर्यटकको हब बनाएर समृदि तर्फ लम्किने उनको भनाई थियो। मजदुर सहकारीको परिकल्पना सगै श्रमिक कल्याणकारी कोष कार्यक्रम तयारी साथ निम्न वर्गको समृद्धिका लागि अघि बढेको प्रमुख शर्माले बताए । क्लिन ग्रीन र मजदुर जोडिने अभियानमा लाग्यो भने मात्र सामाजिक रुपान्तरण हुने उनको भनाइ थियो। पेनसनलले सामाजिक सुरक्षालाई सुनिश्चित हुने भन्दै उनले फलेवासलाई अरूले अध्ययन पालिका बनाउने बताए ।

कार्यक्रममा फलेबास नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्ण सापकोटाले भने– ‘श्रमिक कल्याणकारी कोष कार्यक्रमले अ हटाउँछ (अभाव, अप्ठ्यारो), प दिन्छ (पहिचान, प्रतिनिधित्व, प्रगति, पहुँच, प्रवाहिकरण), फलेवासले ब करण (बोध, व्यवसायिकरण, बजारीकरण) गर्दछ।’ श्रमिक कल्याणकारी कोष कार्यक्रम नेपाल कै नमूना भएकाले आशंका नगर्न उनको आग्रह थियो।

कार्यक्रममा वडा नं ९ भगराका वडाध्यक्ष गंगाधर शर्मा, तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, विकास व्यवस्थापक देवीप्रसाद तिमिल्सिना लगायतले कार्यक्रमका बारेमा बोलेका थिए भने विकास अधिकृत रमेश पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: