देशभर थप १५० जनामा कोरोना पुष्टि, ९९ संक्रमणमुक्त

Share:

पोखरा । देशभर गत २४ घण्टामा थप १५० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७६ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ९६ हजार ९३९ जना महिला र १ लाख ७९ हजार ११७ पुरुषमा कोरोना संक्रमण भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ३ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ ।

हालसम्म नेपालमा २ लाख ७२ हजार २० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ९९ जना संक्रमणमुक्त भएका हुन् ।

हाल नेपालमा १ हजार १७ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ५१ जना छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ४ हजार ४७२ परिक्षण भएको छ भने हालसम्म २२ लाख ४० हजार ९९८ परिक्षण भएको छ।

कमेन्ट गर्नुहोस्
Share: