आज देशभरको मौसम कस्तो रहन्छ?

Share:

पोखरा । मंगलबार सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकोले मौसम प्रभावित भएको हो ।

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ।

मंगलबार दिउँसो सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकी भू–भागमा पनि आंशिक बदली रहनेछ ।

गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: