
पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १२ करोड ५४ लाख १५ हजार ८८७ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि थप ५ लाख ८३ हजार ७४१ संक्रमित थपिएका हुन् ।
तीमध्ये १० करोड १२ लाख ८१ हजार ५३६ संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ४ लाख ४४ हजार ८५७ जना निको भएका हुन् ।
यस्तै, गत २४ घण्टामा १० हजार ४१० जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २७ लाख ५६ हजार ६७ पुगेको छ ।
विश्वभर २ करोड १३ लाख ७८ हजार २८४ सक्रिय संक्रमित छन् । ती मध्ये ९१ हजार ६०० गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड ७ लाख ४ हजार २९२ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ३१ लाख ३२ हजार ८७९ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ५८ हजार ४२२ पुगेको छ ।
हाल अमेरिकामा ७० लाख १२ हजार ९९१ सक्रिय संक्रमित छन् । ती मध्ये ८ हजार ६२३ गम्भिर बिरामी रहेका छन् ।
अमेरिका पछि दोस्रो धेरै कोरोना फैलिएको मुलुक ब्राजिलमा संक्रमितको संख्या १ करोड २२ लाख २७ हजार १७९ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ब्राजिलमा १ करोड ६ लाख ८९ हजार ६४६ जना निको भएका छन् भने ३ लाख १ हजार ८७ जनाको मृत्यु भएको छ ।
हाल ब्राजिलमा १२ लाख ३६ हजार ४४६ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जना गम्भीर बिरामी रहेका छन् ।
त्यस्तै, तेस्रो धेरै कोरोना फैलिएको मुलुक भारतमा संक्रमितको संख्या १ करोड १७ लाख ८७ हजार १३ पुगेको छ ।
संक्रमितमध्ये भारतमा १ करोड १२ लाख २९ हजार ५९१ जना निको भएका छन् भने १ लाख ६० हजार ७२६ जनाको मृत्यु भएको छ ।
हाल भारतमा ३ लाख ९६ हजार ६९६ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
