
पोखरा । देशभर गत २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७६ हजार ६६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ९७ हजार १८० जना महिला र १ लाख ७९ हजार ४८५ पुरुषमा कोरोना संक्रमण भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ४ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार २४ पुगेको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ३४२ पुगेको छ । पछिल्लो २४ घण्टामा पनि थप ७० जना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा १ हजार २९९ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ५२ जना छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ४ हजार ४१६ परिक्षण भएको छ भने हालसम्म २२ लाख ५६ हजार ३०० परिक्षण भएको छ।
