घाँटीमा मासु अड्केर वडाध्यक्षको मृत्यु

1300
0
Share:

पोखरा । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको शुक्रबार राति मृत्यु भएको छ ।

शुक्रबार वेदकोट नगरपालिका–६ मा पर्ने चुरेपानीमा पिकनिक खान गएका बेला मासु खाएपछि एक्कासी घाँटीमा समस्या देखिएपछि अस्पताल पु¥याएका वडाध्यक्ष चन्दलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाँटीमा मासु अड्केर बेहोस भएपछि उनलाई एम्बुलेन्सबाट महाकाली अस्पताल ल्याइएकोमा उपचारका क्रममा राति मृत्यु भएको हो ।

वडाध्यक्षसँगै पिकनिक खान गएका वडा सचिवसहितका सात जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ।

मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। पोस्टमार्टमपछि मात्रै अन्य कुरा खुल्ने प्रहरीले जनाएको छ।

मृतक नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष थिए।

कमेन्ट गर्नुहोस्
Share: