पोखरामा लागुऔषधसहित एक युवा पक्राउ

Share:

पोखरा । पोखरामा अवैध लागुऔषधसहित आइतबार एक युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तनहुँ फिरफिरे घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका–११ फुलबारी बस्ने वर्ष २७ को युवराज गुरुङ रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

आइतबार बिहान अन्दाजी ५ बजे पोखरा महानगरपालिका–१७ छोरेपाटन स्थित प्रहरी चेकिङ टोलीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु १ ख ८५५३ नं.को बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गुरुङलाई शंका लागि चेकजाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ परेको हो ।

पक्राउ परेका गुरुङको साथबाट लागुऔषध नुरफिन थान–७२, फेनरागन थान–७२ र डाईजापाम थान–७२ बरामद गरीएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गुरुङविरुद्ध थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: