
पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १२ करोड ८२ लाख ३० हजार ६२३ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि थप ४ लाख ४३ हजार ५९८ संक्रमित थपिएका छन् ।
तीमध्ये १० करोड ३४ लाख ३८ हजार ७९८ संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ४ लाख ५५ हजार ७५७ जना निको भएका हुन् ।
यस्तै, गत २४ घण्टामा ७ हजार ५०७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २८ लाख ३ हजार ९८८ पुगेको छ ।
विश्वभर २ करोड १९ लाख ८७ हजार ८३७ सक्रिय संक्रमित छन् । ती मध्ये ९४ हजार ६६६ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड १० लाख ३३ हजार ८०१ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ३५ लाख ९ हजार २२० जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ६३ हजार २०६ पुगेको छ ।
हाल अमेरिकामा ६९ लाख ६१ हजार ३७५ सक्रिय संक्रमित छन् । ती मध्ये ८ हजार ६८१ गम्भिर बिरामी रहेका छन् ।
अमेरिका पछि दोस्रो धेरै कोरोना फैलिएको मुलुक ब्राजिलमा संक्रमितको संख्या १ करोड २५ लाख ७७ हजार ३५४ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ब्राजिलमा १ करोड ९ लाख ६९ हजार २४७ जना निको भएका छन् भने ३ लाख १४ हजार २६८ जनाको मृत्यु भएको छ ।
हाल ब्राजिलमा १२ लाख ९३ हजार ८३९ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जना गम्भीर बिरामी रहेका छन् ।
त्यस्तै, तेस्रो धेरै कोरोना फैलिएको मुलुक भारतमा संक्रमितको संख्या १ करोड २० लाख ९५ हजार ३२९ पुगेको छ ।
संक्रमितमध्ये भारतमा १ करोड १३ लाख ९० हजार ८२९ जना निको भएका छन् भने १ लाख ६२ हजार १४७ जनाको मृत्यु भएको छ ।
हाल भारतमा ५ लाख ४२ हजार ३५३ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
