
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनले खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन् ।
त्रिदेशीय कप फुटबलको फाइनलमा बङ्गलादेशविरुद्ध खेल्दै विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।
बंगलादेशविरुद्ध खेलको ८९ औं मिनेटमा त्रिदेभ गुरुङको स्थानमा मैदान प्रवेश गरेका ३० बर्षीय राजले घरेलु दर्शकमाझ अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन् । क्लब फुटबलमा भने उनलाई देख्न सकिनेछ ।
विराजले सन् २००८ मा पोखरा रंगशालामा पाकिस्तानविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।
त्यसयता उनले १३ वर्ष राष्ट्रिय टोलीबाट खेल्दा १ गोल गरेका छन् । उनलाई गार्ड अफ अनर प्रदान गरिएको छ भने प्रधानमन्त्री ओलीले मायाको चिनो दिएका छन् ।
