देशभर थप १६७ जनामा कोरोना संक्रमण, ३ को मृत्यु पुष्टि

Share:

पोखरा । देशभर गत २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७७ हजार १४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ९७ हजार ३६३ जना महिला र १ लाख ७९ हजार ७८४ पुरुषमा कोरोना संक्रमण भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ ।

हालसम्म नेपालमा २ लाख ७२ हजार ७२७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा पनि थप ११५ जना संक्रमणमुक्त भएका हुन् ।

हाल नेपालमा १ हजार ३९० जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ५३ जना छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार १४० परिक्षण भएको छ भने हालसम्म २२ लाख ६७ हजार ४०८ परिक्षण भएको छ।

कमेन्ट गर्नुहोस्
Share: