
पोखरा । कास्कीका २० सहित गण्डकी प्रदेशमा आज बिहीबार थप २९ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ५ वटा जिल्लाका ३६ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै २० जना छन् । तीमध्ये माछापुच्छ्रे गाउँपालिकाका १३ जना, पोखरा महानगरपालिकाका ७ जना र अन्नपूर्ण गाउँपालिकाका २ जना छन् ।
यस्तै, बाग्लुङका ५ जना, तनहुँका २ जना तथा म्याग्दी र पर्वतका एक,एक जनामा पनि कोरोना पुष्टि भएको छ ।
माछापुच्छ्रे गाउँपालिकाका वडा नं. १ का ६० वर्षीय पुरुष, वडा नं.२ का ४३ वर्षीय पुरुष, वडा नं. ४ का ५०, ५२, ३८–३८, ३७, १५ वर्षीय पुरुष तथा ३५ वर्षीया महिला, वडा नं.११ की २४ वर्षीया महिला, वडा नं.१२ की ४३ वर्षीया महिला, वडा नं.१७ की ५४ वर्षीया महिला, वडा नं.१८ की ३२ वर्षीया महिला, पोखरा महानगरपालिकाका वडा नं.६ का २७, ३५ र ३९ वर्षीय पुरुष, वडा नं.१७ का ४४ र ५७ वर्षीय पुरुष, अन्नपूर्ण गाउँपालिकाका वडा नं.११ का २१,२१ वर्षीया महिलामा कोरोना संक्रमण भएको हो ।
बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. १ की ५३ वर्षीया महिला, वडा नं.३ का ३१ र २५ वर्षीय पुरुष, वडा नं.४ का १४ वर्षीय पुरुष तथा १८ वर्षीया महिला, तनहुँको भिमाद नगरपालिका वडा नं. ४ का ३१ वर्षीय पुरुष तथा ३३ वर्षीया महिला, म्याग्दीको मंगला गाउँपालिका वडा नं. २ की १९ वर्षीया महिला एवं पर्वतको मोदी गाउँपालिका वडा नं.७ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट थप २९ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १६ हजार ८६ पुगेको छ ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।
हाल प्रदेशभर ३३५ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ३०६ जना रहेका छन् ।
गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १८० नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३६ हजार ८७ नमुना परिक्षण भएको छ ।
