देशभर थप १५२ जनामा कोरोना संक्रमण, १ को मृत्यु

Share:

पोखरा । देशभर गत २४ घण्टामा थप १५२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७७ हजार ४६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ९७ हजार ४८७ जना महिला र १ लाख ७९ हजार ९७४ पुरुषमा कोरोना संक्रमण भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ ।

हालसम्म नेपालमा २ लाख ७२ हजार ८५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा भने थप ६५ जना संक्रमणमुक्त भएका हुन् ।

हाल नेपालमा १ हजार ५७९ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ६३ जना छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ४ हजार २१३ परिक्षण भएको छ भने हालसम्म २२ लाख ७५ हजार ५४० परिक्षण भएको छ।

कमेन्ट गर्नुहोस्
Share: