म्याग्दीमा ट्याक्टरको ढालाले लागेर एक पुरुषको मृत्यु

Share:

म्याग्दी । म्याग्दीमा ट्याक्टरको ढालाले लागेर एक पुरुषको मृत्यु भएको छ ।

चैत्र १७ गते मंगलबार बेलुकी अन्दाजी ५ बजे म्याग्दी रघुगंगा गाउँपालिका–३ पिप्लका ५५ वर्षीय ज्ञानेन्द्र बहादुर घर्ती ना ६ त २२०१ नं.को ट्याक्टरमा मल लगी आफ्नै बारीमा खन्याउने क्रममा ट्याक्टरको ढालाले लागि गम्भिर घाईते भएका थिए ।

गम्भिर घाईते भएका घर्तीलाई उपचारको लागि बेनी अस्पताल म्याग्दीमा लगिएकोमा चैत्र १९ गते बिहीबार उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार उक्त ट्याक्टरका चालक सोही ठाउँ निवासी २५ वर्षीय देउविर परियारलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: