
पोखरा । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा शनिबारको मौसम सामान्यातय सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यातय सफा रहेको छ ।
शनिबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना समेत रहेको मौसमविदले बताएका छन् ।
यस्तै, राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ।
देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अपरान्हपछि प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
