प्रधानमन्त्रीले एकैपटक १६५ वटा सडकको शिलान्यास गर्ने

Share:

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले आज विहान ११ बजे बालुवाटारस्थित निवासबाटै स्वीच थिचेर निर्वाचन क्षेत्र रणनीतिक सडक विकास कार्यक्रमको शुभारम्भ गर्न लागेका हुन्

हरेक निर्वाचन क्षेत्रमा एक/एक वटा सडक निर्माण गर्नेगरी कार्यक्रमको शुभारम्भ हुन लागेको सडक विभागले जनाएको छ ।

यो वर्ष सरकारले हरेक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याएको छ ।

कमेन्ट गर्नुहोस्
Share: