
पोखरा । पोखराका २४ सहित गण्डकी प्रदेशमा आज आइतबार थप ३६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ३ वटा जिल्लाका ३६ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै २४ जना छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, बाग्लुङका ८ जना र तनहुँका ४ जनामा पनि कोरोना संक्रमण भएको हो ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. २ की २५ वर्षीया महिला, वडा नं.५ का ६० वर्षीय पुरुष, वडा नं.७ का ३८ वर्षीय पुरुष तथा ४० वर्षीया महिला, वडा नं.८ का २०, २६, ३५, ४८ र ५० वर्षीय पुरुष तथा ४४, ४५ र ५२ वर्षीया महिला, वडा नं. ९ का ५३ वर्षीय पुरुष, वडा नं. १४ की २७ वर्षीया महिला, वडा नं. १६ का २०, २९, ४७ र ६१ वर्षीय पुरुष तथा ४१, ४५ र ५६ वर्षीया महिला, वडा नं. २६ की ८० वर्षीया महिला, वडा नं. २७ का २९ वर्षीय पुरुष, वडा नं. २९ का ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. २ की २६ वर्षीया महिला, वडा नं.३ का ६७ वर्षीय पुरुष तथा ५० वर्षीया महिला, वडा नं.७ की ७९ वर्षीया महिला, वडा नं. ११ की ६९ वर्षीया महिला, धौलागिरी अस्पतालका १५ वर्षीय पुरुष तथा २१ र २३ वर्षीया महिला एवं तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं.४ का ३३ र ३५ वर्षीया महिला, वडा नं. ८ का १६ र १८ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो ।
यो संँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार ६६२ पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट थप १४ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १६ हजार १०० पुगेको छ ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।
हाल प्रदेशभर ३५७ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ३२८ जना रहेका छन् ।
गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा २८० नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३६ हजार ३६७ नमुना परिक्षण भएको छ ।
