
पोखरा । पोखरामा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् ।
आइतबार राति ९ः४५ बजे पोखरा महानगरपालिका–३० गगनगौंडा स्थित पावरहाउसप्रहरी चेकिङ टोलिले काठमाडौँबाट पोखरातर्फ आउदै गरेको बा३ख ९११५ नं.को बस चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला पोखरा–१५ टुटुङगा बस्ने वर्ष २६ को सोम थापालाई लागुऔषधसहित पक्राउ गरेको हो ।
प्रहरीले थापाको साथबाट फेनारगन १२ एम्पुल, डाईजापाम १४ एम्पुल र नोर्फिन १४ एम्पुल गरी ४० एम्पुल लागुऔषध बरामद गरेको छ ।
पक्राउ परेका थापाविरुद्ध थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
