
पोखरा । देशभर गत २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७८ हजार ४७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तीमध्ये २ लाख ७३ हजार ४५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा पनि थप ११३ जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म नेपालमा ३ हजार ३६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा भने कसैको पनि कोरोनाले मृत्यु भएको छैन ।
हाल नेपालमा १ हजार ९७९ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ६९ जना छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा ४ हजार २४३ परिक्षण भएको छ भने हालसम्म २२ लाख ९४ हजार ६७ परिक्षण भएको छ।
कमेन्ट गर्नुहोस्
