
पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १३ करोड ३० लाख ११ हजार ४३४ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि थप ५ लाख ७६ हजार ६३६ संक्रमित थपिएका छन् ।
यस्तै, गत २४ घण्टामा ११ हजार ८०२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २८ लाख ८५ हजार ३०२ पुगेको छ ।
हालसम्म विश्वभर १० करोड ७२ लाख ५५ हजार ७२२ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ५ लाख ३७ हजार ३६ जना निको भएका हुन् ।
विश्वभर २ करोड २८ लाख ७० हजार ४१० सक्रिय संक्रमित छन् । ती मध्ये ९९ हजार ३८७ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड १५ लाख ६० हजार ४३८ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ४१ लाख २२ हजार २२१ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ७० हजार २६० पुगेको छ ।
हाल अमेरिकामा ६८ लाख ६७ हजार ९५७ सक्रिय संक्रमित छन् । ती मध्ये ८ हजार ९६० गम्भिर बिरामी रहेका छन् ।
अमेरिका पछि दोस्रो धेरै कोरोना फैलिएको मुलुक ब्राजिलमा संक्रमितको संख्या १ करोड ३१ लाख ६ हजार ५८ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ब्राजिलमा १ करोड १५ लाख ५८ हजार ७८४ जना निको भएका छन् भने ३ लाख ३७ हजार ३६४ जनाको मृत्यु भएको छ ।
हाल ब्राजिलमा १२ लाख ९ हजार ९१० सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जना गम्भीर बिरामी रहेका छन् ।
त्यस्तै, तेस्रो धेरै कोरोना फैलिएको मुलुक भारतमा संक्रमितको संख्या १ करोड २७ लाख ९९ हजार ७४६ पुगेको छ ।
संक्रमितमध्ये भारतमा १ करोड १७ लाख ८९ हजार ७५९ जना निको भएका छन् भने १ लाख ६६ हजार २०८ जनाको मृत्यु भएको छ ।
हाल भारतमा ८ लाख ४३ हजार ७७९ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
